सोबिता गौतमको प्रचारमा वर्षा सिवाकोटी

काठमाडौँ - अभिनेत्री वर्षा सिवाकोटी काठमाडौँ क्षेत्र नं २ की उम्मेदवार सोबिता गौतमको प्रचारमा देखिएकी छिन् । सिवाकोटीले फेसबुकमा तस्बिर राख्दै चुनावमा सोबिताको समर्थन गरेकी हुन् ।
सिवाकोटी श्रीमान्सँग अलग भएको खबरले केही समयअघि चर्चामा थिइन् । विवाह सम्बन्ध विच्छेदको संघारमा पुगेको खबर सार्वजनिक भएसँगै उनले सामाजिक सञ्जाल छाडेकी थिइन् । तर केही समयपछि नै फेसबुकमा सक्रिय हुँदै उनले सोबिताको प्रचार गरेकी हुन् ।
सोबिता राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार हुन् । वर्षाले युवालाई समर्थन भन्ने आसयसहित सोबितालाई समर्थन गरेको संकेत गरेकी छिन् । वर्षा अभिनित दुई फिल्म प्रदर्शनको पर्खाइमा छन् । उनको अभिनय रहेको ‘परदेशी २’ फागुन १९ मा प्रदर्शन हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया