चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरको जानकारी दिए । मन्त्री पौडेलका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उपचारमा लाग्ने खर्च बेहोर्ने निर्णय गरेको हो ।
केसीलाई बुधबार कोभिड-१९ को संक्रमण देखिएको थियो । त्यसपछि उनलाई बुधबारै ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि ८० वर्षीय केसीको पीसीआर परीक्षण गरिएको थियो ।
राष्ट्रीय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।
— Bishnu Prasad Paudel (@bpaudel1959) November 12, 2020
एक महिनादेखि भैरहवामा पार्टी महाधिवेशनको तयारी रहेका केसीलाई रुघाखोकी र ज्वरो आएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका केसीको काठमाडौंमा परीक्षण गर्दा संक्रमण देखिएको हो ।
केही दिन अघि उनलाई निमोनिया देखिएको थियो । केसी मंगलबारमात्रै भैरहवाबाट काठमाडौं आएका थिए । संविधानसभा सदस्य केसी केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री बनेका थिए ।

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

प्रतिक्रिया