म्युजिक भिडियोमा साक्थिम र मेलिनाको धरान सहर

धरान – प्रदेश न. १ को सुन्दर नगरी धरानको परिवेशलाई वर्णन गर्दै गाइएको गीत 'बसमा सरर लान्छु तिमीलाई घुमाउँदै धरान सहर' को म्युजिक भिडियो मिडिया कनेक्सन युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
चर्चित गायिका मेलिना राई र गायक सक्थिम योङ्याको युगल आवाजमा रहेको लोक जुहारी गीतको शब्द विष्णु खजुम र संगीत गायक योङ्याको नै रहेको छ। मिडिया कनेक्सनका लागि प्रकाश आङ्गबुहाङ्गको निर्माण रहेको म्युजिक भिडियोको छायाँङ्कन
धनकुटा जिल्लाको पर्यटकीय स्थल थुम्की, भेडेटारको पाथीभरा र भेडेटारको मुख्य बजार क्षेत्र, मोरङ जिल्ला र सुनसरी जिल्लाको खदम खोलाको पुल हुदै धरानको धोपा क्याम्प परिसरमा छायांकन गरिएको छ।
सार्वजनिक गीतको ऐरेन्ज, मिक्सिङ र मास्टरिङ चण्दु गोर्खालीले गरेका हुन् भने ओलवाइड काठमाडौ र हिमालय टोन हङकङमा रेकर्ड गरिएको हो। चर्चित मोडल रेखा लिम्बु, संगै योमन सोदेम्बा लिम्बु ,बादल चेम्जोङ , सुमन खेवासंगै गरिमा डान्स सेन्टरको कलाकारहरुको समेत अभिनय देख्न पाइने म्युजिक भिडियोको निर्देशन तथा छायाँकन देवजंग थापाको रहेको छ। म्युजिक भिडियो सार्वजनिक भएको थोरै दिनमा राम्रै भ्युज तथा कमेन्ट आएको देख्न सकिन्छ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया