डिभोर्सको एक वर्षपछि रोमान्स गर्दै सामन्था र नागा

मुम्बई- साउथ इन्डियन स्टार सामन्था रुथ प्रभुको फिल्म ‘यशोदा’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । फिल्मले बक्स अफिसमा राम्रो व्यापार पनि गरिरहेको छ । यसैबीच, सामन्था अटो इम्यून रोगबाट पीडित भइरहेको चर्चा पनि छ ।
सामन्थाका पूर्वपति अभिनेता नागा चैतन्य उनको स्वास्थ्य अवस्था बुझ्न भेट्न जान लागेको चर्चा चले पनि सञ्चार माध्यममा स्थान पाइरहेका छन् । यद्यपि, उनले भेटे वा भेटेनन् खुलेको छैन ।
सामन्था र नागाले साउथमा कैयौं हिट फिल्म दिएका छन् । दुवैलाई दर्शकले उत्तिकै मन पराउँछन् । तर, वर्षदिन अघि यो जोडीले डिभोर्स गरेपछि उनीहरूका फ्यान निराश भएका थिए ।
यो जोडी डिभोर्सको एक वर्षपछि पुनः जोडिने भएका छन् । उनीहरूले पुनः विवाह गर्ने नभई व्यवसायिक सहकार्य गर्न लागेका हुन् । एक व्यावसायिक विज्ञापनका लाग उनीहरू रोमान्स गर्न लागेका हुन् ।
नागा र सामन्थाले ‘ओह बेबी’, ‘मजिली’ र ‘ये माया चेसाबे’ जस्ता हिट फिल्ममा सहकार्य गरिसकेका छन् । कफी विथ करणमा केही महिनाअघि सामन्थाले नागाका बारेमा आफ्नो कुनै भावना नआए पनि भविष्यमा सहकार्य गर्नु परे आफू तयार रहेको बताएकी थिइन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया