शाहरुखलाई मुम्बई विमानस्थल मै एक घण्टा सोधपुछ

मुम्बई- बलिउड अभिनेता शाहरुख खान र उनको टिमलाई अमेरिकाको विमानस्थलमा पटक-पटक सोधपुछ गरिएको समाचार त सुनिएकै हो । तर, उनलाई मुम्बई एयरपोर्ट मै समेत कस्टम विभागले शुक्रबार अबेर राति एक घण्टा सोधपुछ गरेको छ । सोधपुछपछि शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई प्रहरीले छोडे पनि शाहरुखका बडीगार्ड रवि र टिमलाई नियन्त्रणमै राखेको थियो ।
समाचारअनुसार लाखौं मूल्य पर्ने घडीलाई भारत ल्याएको, झोलामा महंगा घडीका खाली डिब्बा भेटिएको र कस्टम ड्यूटी नतिरेकाे कारण जनाउँदै विभागले शाहरुखसँग सोधपुछ गरेको थियो ।
शाहरुख आफ्नो टिमका साथ निजी चार्टरबाट दुबईको एक पुस्तक सार्वजनिक कार्यक्रममा पुगेका थिए । यही चार्टरबाट गए राति साढे १२ बजे उनी मुम्बई फर्किएका थिए । रेड च्यानल पार गरिरहँदा कस्टमले शाहरुख र उनको टिमको ब्यागमा लाखौं रुपैयाँको घडी फेला पारेको थियो ।
यसपछि कस्टमले सबैलाई रोक लगाएको थियो र झोलाको चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा झोलाबाट विभिन्न महंगा ब्राण्डका घडीसँगै घडीका खाली बट्टा भेटिएका थिए । कस्टमले यी घडीको मूल्यांकन गर्दा १७ लाख ५६ हजार ५ सय रुपैयाँ निकालेको थियो । यी घडीको कर तिर्न उनीहरूलाई आग्रह गरिएको थियो ।
त्यसपछि शाहरुखका बडीगार्ड रविले ६ लाख ८६ हजार रुपैयाँ कस्टम शुल्क तिरेका थिए । यसको बिल रविकै नाममा बनेको छ । रविले पैसा शाहरुखको क्रेडिट कार्डबाट तिरेका छन् । सबै प्रक्रिया पूरा गरेपछि रविलाई शनिबार बिहान ८ बजे कस्टमले छोडेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया