कोरोना कहर : मनकामना मन्दिर बन्द

काठमाडौँ । प्रसिद्ध मनकामना मन्दिर बैशाख महिनाभर बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी मनकामनासहित जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्न अनुरोध गरेको हो ।
‘कोभिड १९ विपद व्यवस्थापन समितिको आजको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निणर्य भएको छ,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने, ‘नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निणर्य भएको छ ।’
उनले थपे, ‘मन्दिर पूर्ण रुपमा बन्द गरेका छौँ । बिहान नित्य पुजा बाहेक अरु केही हुँदैन मन्दिरमा साँचो लगाइन्छ । साँचो प्रहरीले राख्छ ।'
चैतेदशैँ भएकाले मंगलबार एकैदिनमा मनकामना मन्दिरमा सात हजार भक्तजनले पूजा गरेका मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट भएको निणर्य प्राप्त नभएकाले मंगलबार निर्वाध रुपमा पूजाआजा भएको उनले बताए । ‘डिसिसिएमसीले नै निणर्य गरेपछि हामीले पनि बन्द गर्नैपर्यो’, जोशीले भने ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया