धनगढीबाट खप्तड मालिका यातायातका अध्यक्ष र निवर्तमान अध्यक्षसहित ४ जना पक्राउ

धनगढी : खप्तड मालिका यातायात प्रालिका अध्यक्ष दिलबहादुर खलौला र पूर्वअध्यक्ष अनन्तराज जोशीसहित चार जना पक्राउ परेका छन् । दुई जना अध्यक्षसहित भरत बडेल र खड्कबादुर मल्ललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए । उनकाअनुसार बसपार्क क्षेत्रमै झगडा गर्न थालेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
खलौला अध्यक्ष भएपछि जोशी समूहले अस्वीकार गर्दै आएको थियो । सोही विषयमा उक्त यातायात प्रालिमा विवाद बढ्दै गएको थियो । खलौला समूहले बनाएको क्यू अनुसार जोशी समूहले गाडी चलाउन नमानेपछि बसपार्कमा हातहालाहाल भएको थियो ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया