इंग्ल्यान्डले जित्यो टी-ट्वान्टी विश्वकप
काठमाडौँ- इंग्ल्यान्डले अस्ट्रेलियामा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । मेलवर्नमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो ।
फाइनलमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डलाई जित दिलाउन बेन स्टोक्सले अविजित ५२ रन जोडे । कप्तान जोश बटलरले २६ रन बनाए । पाकिस्तानका हरिस रउफले २ विकेट लिए ।
यसअघि मेलवर्नमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन जोड्यो । पाकिस्तानका लागि शान मसुदले ३८ रनको योगदान गरे । कप्तान बाबर आजमले ३२ रन बनाए । मोहम्मद रिजवानले १५ रन जोडे ।
इंग्ल्यान्डका लागि साम कुरानले ३ तथा क्रिस जोर्डनले र आदिल रसिदले २-२ विकेट लिए । बेन स्टोक्स एक विकेट हात पारे ।
सन् २०१० मा वेस्ट इन्डिजमा भएको फाइनलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै उपाधि चुमेको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया