दर्शकसँग पैसा नभएको भन्दै पारिश्रमिक घटाउने तयारीमा अक्षयकुमार

मुम्बई - अभिनेता अक्षयकुमारले आफ्नो पारिश्रमिक घटाउने घोषणा गरेका छन् । उनले दर्शकसँग खर्च गर्ने पैसा धेरै नभएको भन्दै आफूले लिँदै आएको पैसा घटाउने वाचा गरेका हुन् । अक्षयले एउटा फिल्मका लागि सय करोडदेखि १ सय ३५ करोडसम्म पैसा लिँदै आएका थिए ।
यो साल अक्षय अभीनित कुनै पनि फिल्मले लगानी उठाउन सकेका छैनन् । ‘बच्चन पाण्डे’, ‘रक्षा बन्धन’ हुँदै ‘रामसेतु’सम्मले पनि निर्माता डुबाएपछि अक्षयकुमार आफ्नो पारिश्रमिक कम गर्ने मनस्थितिमा पुगेका हुन् ।
दक्षिण भारतीय अभिनेता रामचरणसँग एउटा कार्यक्रममा गएका उनले आफूले नयाँ तरिकाले काम गर्न जरुरी रहेको बताएका थिए । ‘धेरै कुरा फेर्न जरुरी छ । यसमा कलाकारदेखि निर्माता र हलले पनि सोच्नुपर्ने छ,’उनको भनाइ थियो, ‘म आफ्नो पारिश्रमिक ३० देखि ४० प्रतिशतले घटाउन तयार छु । हलले पनि बुझ्न जरुरी छ कि अहिले मन्दीको समय चलिरहेको छ । दर्शकसँग मनोरञ्जनका लागि खर्च गर्ने पैसाको कमी छ । सबै कुरा परिवर्तन गर्ने समय आएको छ ।’
अक्षयकुमारले वर्षको ४ वटा फिल्म गर्दै आएका छन् । फिल्म चल्न छाडेपछि उनको यो रणनीतिको पनि आलोचना भइरहेको छ । अक्षयकुमारले यसमा भने आफ्नो बचाउ गर्दै काम गरेको आलोचना गर्नुपर्ने कारण नरहेको बताएका छन् । उनले ‘जुवातास खेलेको हो र धेर गर्यो भन्नलाई ?’ भन्दै आफूले काम गरेको र त्यसमा आलोचना गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया