सकियो नाजिर र सञ्चिताको 'गुलाबी’ छायांकन

काठमाडौँ- कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ गरेको फिल्म ‘गुलाबी’को काठमाडौंमा 'इण्ड क्ल्याप' भएको छ । फिल्मका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंमा खिचिएको छ ।
आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै विभिन्न सेड्यूअलमा रहेर ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी गराइन् । फिल्ममा समावेश एक गीत भने पछि खिचिने भट्टले बताइन् । यो फिल्ममा नाजिर हुसैन मुख्य अभिनेता छन् ।
पारलैङ्गिकताको कथा बोल्ने 'गुलाबी'मा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाले मुख्य भूमिकामा अभिनय गरेका छन् । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन् ।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘गुलाबी’मा आलोक शुक्लाको छायांकन छ । भद्र भुजेल एसोसिएट निर्देशक रहेको फिल्ममा पुष्कर लामाको निर्माण नियन्त्रण छ भने शृङ्गारको काम मनोज लामाले गरेका छन् । सम्राट बस्नेत द्वन्द्व निर्देशक रहँदा लेखु सहयात्री र शान भुषालले संगीत संयोजनको काम गरेका छन् । निर्देशक भट्टले 'गुलाबी'लाई आगामी फागुनमा प्रदर्शनको लक्ष्यसहित यसै साताबाट फिल्मको पोष्ट प्रोडक्सनको काम सुरु हुने बताइन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया