थप नौ जनामा कोभिड संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप नौ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २५ जनाको पिसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो ।
संकलित नमुनामध्ये सात सय ७२ को पिसीआर र सात सय ५२ को एन्टीजेन विधिमार्फत परीक्षण गरिएको हो ।
यस्तै, नेपालमा हालसम्म कोभिड संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार पुगेको छ । यसमध्ये ९८.७ कोभिडमुक्त भएका छन् ।
कोभिडबाट नेपालमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने अझै पनि चार सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया