निकुञ्जको समस्या समाधान गर्छाैंः उम्मेदवार बर्तौला

मकवानपुर- नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ मा उम्मेदवार महेशकुमार बर्तौलाले स्थानीयलाई वर्षौंअघिदेखि पर्दै आएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मनहरी गाउँपालिकाकाे चुनावी कार्यक्रममा पालिकावासीलाई वर्षौंअघिदेखि भाेग्दै आएकाे निकुञ्जको समस्या सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बर्ताैलासहित क्षेत्र नम्बर–२ प्रदेश सभा (ख) का उम्मेदवार लालबहादुर थापाले निर्वाचनबाट आफूहरू संसद् निर्वाचित भएपछि संघ र प्रदेश स्तरबाट आवश्यक कानुन निर्माण गरी निकुञ्जकाे समस्या समाधान गर्न पहल गर्ने बताएका हुन् । निकुञ्जसँगै उक्त क्षेत्रमा राप्ती खोला र मनहरी खोलाका कारण स्थानीय बासिन्दाले दुःख पाउने गरेकाे भन्दै उम्मेदवारद्वयले खाेलाकाे समस्या समेत समाधान गर्ने बताएका छन् ।
मनहरीमा आयोजित सभामा नेपाली काँग्रेस लगायतका पार्टी परित्याग गरेर बिरेन्द्र डिसिको नेतृत्वमा ५० जना एमाले प्रवेश गरेकाे छन् । नेकपा एमाले मनहरी गाउँ कमिटीले आयोजनामा भएको आमसभामा डिसिसहित ५० जना पार्टी प्रवेश गरेका एमाले मकवानपुरले जनाएकाे छ ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया