कमल थापा राप्रपा छोडेर कमरेड बनेः सिंह

मकवानपुर- मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दिपकबहादुर सिंहले पार्टीका पूर्व अध्यक्ष कमल थापा सत्तामा पुग्नका लागि राप्रपा छोडेर कम्युनिष्ट बनेको आरोप लगाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका सिंहले हेटौंडा-१३ रमनथलीको चुनावी सभामा बोल्दै राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका थापाले पार्टीको महाधिवेशनमा पराजित भएपछि राप्रपासंगै राजसंस्थाको एजेन्डा त्यागेर सत्तामा पुग्न कै लागि एमाले रोजेको आरोप लगाए । थापाले पुनः स्थापना गरेको राप्रपा नेपालबाट चुनाव लड्न नसक्ने भएपछि कमरेड बनेर एमालेबाट चुनावी मैदानमा उत्रिएको समेत उनले बताए ।
यसैगरी, सिंहले आफ्नो प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार महालक्ष्मी डिना उपाध्ययबाट केही पनि आस गर्न नसकिने विचार पुनः दोहोर्याएका छन् । सिंहले दुई पटक समानुपातिकबाट सांसद र एक पटक मन्त्री भइसकेकी डिनाले क्षेत्र नम्बर १ का लागि केही पनि काम नगरेको बताउँदै डिनाबाट केही पनि आस गर्न नसकिने दाबी गरे ।
सिंहले आफू जनतासँगको गठबन्धनमा रहेको उल्लेख गर्दै यसपटकको निर्वाचनमा निर्वाचित हुने दाबी समेत गरेका छन् ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया