विश्वकपका लागि इरानको टिम घोषणा

काठमाडौँ- कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि इरानले टिम घोषणा गरेको छ । इरानका मुख्य प्रशिक्षक कार्लोस क्विरोजले अनुभवी गोलरक्षक अलिरेजा बेभरान्भान्ड र डिफेन्डर सोजाओ खलिलजादेहलाई समेट्दै टिम घोषणा गरेका हुन् ।
समूह ‘बी’ मा रहेको इरानले पहिलो खेल इंग्ल्यान्डविरुद्ध नोभेम्बर २१, वेल्सविरुद्ध २५ तथा अमेरिकाविरुद्ध २९ तारिखमा खेल्ने तालिका रहेको छ ।
इरानको टिमः
गोलरक्षकः अलिरेजा अलिरेजा बेभरान्भान्ड, अमिर अबेमजादेह, पायाम नियाजमान्ड र होसेन होसेनी
डिफेन्डरः मजिद होसेनी, मोहम्मद होसेन कानानिजादेगान, सोजाओ खलिलजादेह, मोर्तेजा पाउरालिगंजी, सादेघ मोहरामी, रामिन रेजायन, मिलाद मोहम्मदी र अबोल्फाज्ल जलाली
मिडफिल्डरः साइद इजाटोलाही, एहसान हजसाफ, रौवेह चेस्मी, अहमद नौरोलाही, अली करिमी, समान घोडोस र भाहिद अमिरी
फरवार्डः अलिरेजा जाहानबाख्स, अली घोलीजादेह, मेहदी तारेमी, मेहदी तोरावी, करिम अन्सारिफार्ड र सरदार अजमोन ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया