परिजितालाई भ्वाइसमा पहिलो ‘स्ट्यान्डिङ ओभेसन’

लसएन्जल्स- नेपाली मुलकी परिजिता बास्तोलाले अमेरिकी गायन प्रतियोगिता ‘दि भ्वाइस’को २२ औँ संस्करणमा पहिलो दिनदेखि प्रभाव पार्दै आएकी छिन् । टिम लिजेन्डको हिस्सा रहेकी परिजिताले सोमबारको प्रस्तुतिमा पहिलोपल्ट चारैजना कोचबाट ‘स्ट्यान्डिङ ओभेसन’ पाइन् । १७ वर्षीया परिजिताले ‘स्टार इज बर्न’ फिल्ममा लेडी गागाले गाएको ‘आइ विल नेभर लभ अगेन’ गीत प्रस्तुत गरेकी थिइन् ।
सोमबारको सोमा गायिका तथा नायिका क्यामिला काबेलोले परिजिताको गायनमाथि टिप्पणी गर्ने अवसर पाएकी थिइन् । ‘तिमीले गीतको भावलाई मज्जाले टिपेको पाएँ र तिमी जम्मा १७ वर्षकी छ्यौँ,’ काबेलोको भनाइ थियो, ‘तिम्रो गायकी उच्चकोटिको थियो ।’
उनका कोच जोन पनि काबेलको टिप्पणीप्रति सहमत थिए । ‘उनको गायन भावुक बनाउने र इमानदार थियो । यसले हामी सबैलाई छोयो,’ जोनले भने, ‘तिमीले हामीलाई मुग्ध पार्यौ र यो जादुई थियो ।’
परिजिता १ सय, ६०, ४० हुँदो टप १६ मा पुगेकी हुन् । टप १६ सम्म कोचले छनौट गरेर ल्याएपनि यहाँभन्दा त लभने प्रतियोगिता नकआउट रहन्छ । अर्थात् जसले भोट ल्याउन सक्छ ऊ प्रतियोगितामा रहन्छ । टप १५ हुँदै विजेता बन्नलाई परिजिताले हरेक प्रस्तुतिपछि भोट तान्न सक्नुपर्नेछ ।
परिजिता अहिले मेरिल्यान्डमा सिनियर हाइस्कुल पढिरहेकी छिन् र भविष्यमा बु्रकलिन म्युजिक कलेजमा पढ्ने योजनामा छिन् । परिजिताले नेपालीलाई पनि भोट हाल्न अपिल गरिरहेकी छिन् तर उनी अहिलेसम्म पनि नेपाल भने आउन पाएकी छैनन् । केही दिनअघि काठमाडौँका मेयर बालेन शाहसँग अनलाइनमा कुरा गर्दै उनले भ्वाइस सकेपछि नेपाल आउने सोच बनाएको बताएकी थिइन् ।
सो अवसरमा उनले बालेनको ‘स्याभेज’ बोलको गीत आफ्नो फेवरेट गीत भएको बताएकी थिइन् । परिजितालाई जिताउन अमेरिकामा बस्ने नेपालीहरूले भोटिङ क्याम्पेन पनि चलाइरहेका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया