छिमेकीले चलाएको गोली लागेर मृत्यु

ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो ।
स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन् भने घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । घटनाको कारण भने खुलेको छैन । रासस
सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन : आफ्नै गाउँ फर्किए

९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु

आगलागीमा ६० लाख बराबरको क्षति

ठगी मुद्दाका फरार विक २४ वर्षपछि पक्राउ

प्रतिक्रिया