‘अंश ’ माग्दै गायिका कमला थापा

काठमाडौँ- गायिका कमला थापाको ‘अंश माग्न देउ’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ओएसआर डिजिटल युटुब च्यानलमा गीतको भिडियो सार्वजनि भएको हो । शब्द, संगीत तथा एरेन्ज बाबुल गिरीको रहेको गीतमा गायिका कमला थापाको सुमधुर स्वर रहेको छ ।
निर्देशक माइकल चन्दले निर्देशन गरेको भिडियोमा मोडलद्वय उषा उप्रेती र गीता ढुंगाना प्रस्तुत छन् । उषा र गीतासंगै कमला थापा, नारायण थापा, बेग बहादुर कार्की, दिपा कार्की, सुन्दर कार्की र सेजन कार्की लगायतको पनि अभिनय छ । नवराज उप्रेतीले खिचेको भिडियोमा शिलन लम्सालले सम्पादन गरेका छन् ।
एकपछि अर्को हिट भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो भिडियोमा नयाँ कन्सेप्टमा काम गरेको बताएका छन् । उनि ‘अंश माग्न देउ’ भिडियोलाई दर्शकले माया दिनेमा आशाबादी देखिएका छन् ।
भिडियमा छोरा–छोरी बराबर हुन् भन्ने सन्देस दिएको छ । छोरीले पनि छोरा समान अंश पाउनुपर्छ, बरु बिहे गरेर श्रीमानलाई माइतमै राख्ने भन्दै रमाइलो शैलीमा भिडियोको कथा प्रस्तुत गरिएको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया