शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

थप १४ जनामा कोभिड–१९ संक्रमण पुष्टि

काठमाडौं–नेपालमा थप १४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ सय ६४ पिसिआर परीक्षणका क्रममा १२ जना र ४ सय ६६ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै थप २० संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।