सिरियाका राष्ट्रपति बसर अल असद अर्को कार्यकालका लागि पनि निर्वाचन लड्ने
दमास्कस : सिरियाली राष्ट्रपति बसर अल असदले बुधबार चौथो कार्यकालका लागि निर्वाचनमा भाग लिने निर्णय गरेका छन् । सिरियाली सभामुख पति हम्मदा साबबागले राष्ट्रपति पदको निर्वाचन मे २६ मा गर्ने जानकारी गराए लगत्तै अल असदले चौथो पटक राष्ट्रपतिको निर्वाचनमा जाने निर्णय सार्वजनिक गरेका हुन् ।
निर्वाचनको मिति औपचारिकरूपमा तय गरिएपछि अब्दुल्लाह सल्लम अब्दुल्लाह र मोहम्मद फिरास यासिन राजजुहले आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् । सिरियाको इतिहासमा पहिलो महिला राष्ट्रपति उम्मेद्वार हुने निर्णय फाटेन अली नाहरले पनि गरेका छन् ।
सन् २०१४ मा निर्वाचनमा करिब ९० प्रतिशत मत ल्याएर विजय भएपछि असदले निर्वाचनमा धाँधली गरी आफ्नो पक्षमा मतदान गराएको आरोप लगाइएको थियो । निर्वाचनमा जानका लागि सिरियाको वर्तमान् संसद्का ३५ सदस्यले आफ्नो समर्थन रहेको जानकारी त्यहाँको सर्वोच्च संवैधानिक अदालतमा पेश गर्नुपर्छ । (एएनआई)

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया