एमाले भन्ने पार्टी केपी ओली प्रालिमा परिणत भैसक्यो : तरुणदल अध्यक्ष गुरुङ

पर्वत- नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आज पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै एमाके पार्टी केपी ओली प्रालिमा परिणत भइसकेको आरोप लगाए ।
अध्यक्ष गुरुङले नेतृत्वको गलत कार्यको आवाज उठाउँदै गर्दा आज भीम रावल, घनश्याम भुसाल जस्ता पार्टीका बलिया नेता बिहरगमित हुन पुगेको बताए । ओलीले नेपालीको भावनालाई कुल्ची रहेको आरोपसमेत उनले लगाएका छन् ।
पटक-पटक संसद् विघटन गरेर ओलीले आफू महाराजा बन्ने सपना देखेर देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै उनले यस पटक सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।
पार्टीभित्र केही असन्तुष्टि रहेता पनि मुलुकको आवश्यकताका कारण वाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र मुलुकको विकासका लागि जनतालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_DYeRyqulfY_amqxumvg9c8dsvvan66yt7tvydntzoqmja20pj9msgqw3k4fumwg5xfkkco5.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया