‘युवालाई स्थानीय स्तरमै स्वरोजगार बनाउँछौं’

मकवानपुर- मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले युवालाई स्थानीय स्तरमै स्वरोजगारकाे अवसर दिलाउने बताएका छन् । युवाहरू सामान्य रोजगारीका लागि पनि खाडी मुलुक जाने गरिरहेकाेमा अब स्थानीय स्तरमै स्वरोजगार बनाउने उनले बताए ।
मंगलबार मकवानपुरको पश्चिमी क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्दै बर्ताैलाले स्थानीय स्तरमा युवा लक्षित विभिन्न स्वरोजगार मुलक कार्यक्रम ल्याएर रोजगारीको सृजना गरिने बताए । मकवानपुरकाे मनहरी, हाडीखोला, राक्सिराङ गाउँपालिकामा भएकाे चुनावी प्रचारप्रसारका क्रममा उनले स्थानीय स्तरमा रहेका शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीलगायतका आधारभूत आवश्यकताका समस्या सधैँका लागि समाधान गर्ने आश्वासन समेत दिएका छन् ।
यसैगरी मनहरी गाउँपालिका क्षेत्रमा निकुञ्ज तथा नदीकाे समस्या कानुन संशोधन गरेर सधैँका लागि हल गर्ने बताए । यस क्षेत्रमा सडक पूर्वाधारको समस्याका कारण सदरमुकाम आउन र जानका लागि समस्या हुन नदिने उनले दाबी गरे ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया