विश्वकपलाई लिएर पश्चिमा सञ्चारमाध्यमको दावीप्रति कतारका श्रम मन्त्री आक्रोशित
काठमाडौँ- फिफा विश्वकप फुटबल सुरु हुन केही दिनमात्र बाँकी रहँदा कतारका श्रम मन्त्रीले विश्वकपलाई लिएर पश्चिमा सञ्चारमाध्यमले गरेको समाचार प्रशारणप्रति आक्रोश पोखेका छन् ।
युरोपियन पार्लियामेन्टको मानव अधिकारसम्बन्धि उपसमितिमा बोल्दै कतारका श्रम मन्त्री अलि बिन सामिख अल-मारीले कतारले रचनात्मक आलोचना स्वीकार गरेपनि पछिल्लो समयमा आफ्नो देशविरुद्धको अभियानले गति लिएको बताए ।
पश्चिमा संचारमाध्यमले कतार विश्वकपको तयारीका क्रममा ६ हजार ५ सयदेखि १५ हजार श्रमिकको मृत्यु भएको दावी गरेपछि अलि बिनले यसको सत्यता, विश्वसनियता तथा एकरुपतामा नभएको उल्लेख गरेको अलजजिराले जनाएको छ ।
सन् २०२१ को फेब्रुअरीमा गार्जियन पत्रिकाले कतारले सन् २०१० मा विश्वकप आयोजनाको अधिकार पाएपछि कतारमा भारत, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकाका करिब ६ हजार ५ सय श्रमिकको मृत्यु भएको दावी गरेको थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया