चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, मतदातामात्र नभएर उम्मेदवारले समेत आकर्षक उपहार पाउने

काठमाडौँ- नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत निर्वाचनमा भाग लिन जाने मतदाता मध्ये भाग्यशाली तीनजनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् ।
साथै ती मतदाताले भोट दिएका तीन जना उम्मेदवारले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् । मतदाताले भोट दिएका उम्मेदवारले निर्वाचनमा विजयी वा हार बेहोरेपनि उपहार प्राप्त हुनेछ । अफरबाट विजयी मतदाताले आफूले मत दिएको उम्मेदवारको विषयमा बससेवालाई जानकारी दिएपछि उम्मेदवारलाई उक्त उपहार प्राप्त हुनेछ । मतदाताले सिफारिस गरेको उम्मेदवारको विवरण भने गोप्य राखिनेछ । विजेताको चयन बससेवाको आधिकारिक फेसबुक पेजमा लाइभ मार्फत गोलाप्रथाबाट गरिनेछ ।
मतदाता लक्षित उपहार योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भन्नुभयो, ‘ देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको बढि भन्दा बढि सहभागीता होस् भन्ने उदेश्यले हामीले यस्तो अफर सार्बजनिक गरेका हौँ । अर्कोतर्फ मतदाता मत हाल्न जाने तर उमेद्धारले मतदाता नचिन्ने अवस्था पनि छ, त्यसैले मत दिएका उमेद्धारलाई पनि मतदाताको सिफारिसको आधारमा उपहार दिने योजना बनाएका हौँ ’ ।
यो योजना कार्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म लागु हुनेछ । मतदाता तथा यात्रुले बसपार्र्कका अलावा हालैमात्र बससेवाले कलंकीस्थित् ढुंगेअड्डामा सञ्चालनमा ल्याएको प्यासेञ्जर लाउञ्जबाट बस चढि सहजै यात्रा गर्न सक्नेछन् । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो ।
बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरुले बससेवाको मोबाइल मार्फत टिकट काटी इसेवा, खल्ती, आइएमई पे लगायतका वालेटका साथै हरेक बैंकका मोबाइल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिनेछ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_2oYt1QA6tR_uqunishesnfnbritehieuqkywprfz35kmui7qvhud4vu8nd3qcmedtif0egd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया