बाँकेमा थप तीन कोभिड-१९ संक्रमितको मृत्यु

बुटवल : बाँकेमा थप ३ जनाको कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । बाँकमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्ला भित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।
२ जनाको बिहीबार राति र १ जनाको शुक्रबार बिहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले बताए । ओलीकाअनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड ३ सल्ल्यानका ५६ वर्षीय पुरुष, जानकी १ की ७१ वर्षीया महिला र बैजनाथ ६ का २८ वर्षीय पुरुषको कारण मृत्यु भएको हो । मृतकहरूको शव ब्यवस्थापन परिवारका सदस्यहरूको समन्वयमा नेपाली सेनाले गर्ने ओलीले बताए ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया