एम्बुलेन्सबाटै भागे तीन जना संक्रमित

धनगढी : कैलालीको धनगढीमा आइसोलेसन लैजाने क्रममा तीन जना कोभिड-१९ संक्रमित एम्बुलेन्सबाटै भागेका छन् । बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरूलाई ऐन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको थियो ।
नाकामा स्थापना गरिएको हेल्थ डेस्कका इञ्चार्ज दिनेश ठकुल्लाका अनुसार संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा तीन जना भागेका हुन् । संक्रमित सबै भारतीय नागरिक रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीबार त्रिनगर नाका भएर कैलाली भित्रिएका ६२ जनामा कोभिड पुष्टि भएको थियो ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया