मस्कले ट्वीटरका कर्मचारीलाई भने- लामो समय काम गर्नु वा जागिर छोड्नू

न्युयोर्क- विश्वकै धनाढ्य तथा ट्वीटरका नयाँ मालिक एलोन मस्कले ट्वीटरका कर्मचारीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’ काम गर्न प्रतिबद्ध हुन वा कम्पनी छोड्न आदेश दिएका छन् । वासिंगटनपोस्टका अनुसार सासल मिडिया फर्मका नयाँ मालिकले कर्मचारीहरूलाई ईमेलमा भनेका छन कि यदि कामदारहरू बस्न चाहन्छन् भने वाचामा सहमत हुनुपर्छ ।
ट्वीटरमा काम गर्ने वा छोड्ने निर्णय लिन सबै कर्मचारीलाई बिहीबार अपरान्ह ५ बजेसम्मको समय दिएका छन् । उनले अगाडि भनेका छन्, ‘तपाईंले जुनसुकै निर्णय गर्नुहुन्छ । ट्विटरलाई सफल बनाउनको लागि तपाईंको प्रयासको लागि धन्यवाद।’
बिहीबार सम्म साइन अप नगर्नेहरूलाई तीन महिनाको तलब दिएर बिदा गर्ने मस्कले बताए । ‘यसको मतलब उच्च तीव्रतामा लामो घण्टा काम गर्ने हो । केवल असाधारण प्रदर्शनले उत्तीर्ण ग्रेड हुनेछ’, उनले भने।
मस्कको योजनाअनुसार काम गर्न तयार रहे नरहेकोबारे कर्मचारीहरूले निर्णय लिनुपर्ने न्युयोर्क टाइम्सले जनाएको छ। एजेन्सी

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

प्रतिक्रिया