रङ्गमञ्चमा पुस्तासँगै शैली हस्तान्तरण जरुरी
काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ ९निटफेस्ट २०२२०ले अग्रिम कार्यक्रम स्वरुप अग्रजसँग अन्तक्र्रिया गरेको छ । महोत्सव सुरु हुनु ८ दिन अघि ‘म त लालीगुराँश भएछु’ शीर्षकमा निटफेस्टले अग्रज रङ्गकर्मीहरुसँग नेपाली रङ्गमञ्चमा उनीहरुले संगालेका अनुभव, कलाशैली, संघर्ष र तत्कालीक समय सन्दर्भमा अन्तक्र्रिया गरेको हो ।
नेपाली रङ्गमञ्चको तीनपुस्ताबीचको भलाकुसारीका रुपमा गरिएको कार्यक्रममा अग्रज रङ्गकर्मीहरु पुस्कर गुरुङ, विजय विष्फोट, वीरेन्द्र हमाल सँग रङ्गकर्मी सरिता गिरीले कुराकानी छलफल गरेका थिए । तेस्रो पुस्ताका समकालीन रङ्गकर्मीहरु उनीहरुका अनुभव र संघर्ष सुन्न श्रोताका रुपमा सहभागी थिए ।
अन्तक्र्रियाका क्रममा अभिनेता, निर्देशकको रुपमा परिचित तथा डबली थिएटरका संस्थापक पुस्कर गुरुङले अहिले वर्तमान रङ्गमञ्चमा आफ्नो सक्रियता पुस्ता हस्तातरणको लागि भइरहेको बताए । उनले भने ,ुमैले नेतृत्व गरिरहेका रङ्गमञ्चीय काम र संस्था अगाडि बढाउन नयाँ पुस्ता तयार पारिरहेको छु ।ु
त्यस्तै नाटककार, निर्देशक, अभिनेता विजय विष्फोटले रङ्गकर्मीको मूल्याकंन भनेको उसको कामले गराउने बताउँदै देशले अझैपनि रङ्गकर्मी नचिनिरहेको बताएका थिए । यसैकारण रङ्गकर्मीले यहाँ रङ्गमञ्चको शैलीसँगै नीतिगत कुरामा जोड दिनु आवश्यकता रहेको धारणा राखेका थिए । ुआजभोलि थिएटर पनि ‘कस्मेटिक’ बन्दै गएको छ,ु उनको भनाइ थियो ।
नेपाली रङ्गमञ्चमा कलाकार, रङ्गकर्मीहरु जन्माउन उल्लेखनीय भूमिका रहेका एमआर्ट थिएटरका संस्थापक तथा अभिनेता, निर्देशक वीरेन्द्र हमालले कुनै समय आफू रित्तिएर नेपाली रङ्गमञ्चमा केही भर्ने प्रयास गरेको अनुभूति बाँडेका थिए । ुकुनैबेला आफूले जन्माएका कलाकारका सामु यसरी नेपाली रङ्गमञ्चको अनुभव बाँड्न पाउँदा आफू भरिएको अनुभूति भइरहेको छ,ु उनको धारणा थियो । त्यस्तै उनले पुस्ता हस्तान्तरणमा रङ्गमञ्चको शैली र इतिहास पनि हस्तान्तरण हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य प्रतिकुलताका कारण अग्रज रङ्गकर्मीहरु चन्द्रमाला शर्मा र निशा शर्मा अन्तरक्रियामा सहभागी हुन सकेका थिएनन् । आयोजक मण्डला थिएटर नेपालले नाट्य महोत्सवलाई अग्रजको आशीर्वादसँगै समकालिन रङ्गमञ्चलाई महोत्सवमय बनाउनका लागि अग्रिम कार्यक्रम गरेको हो । यही मंसिर ९ देखि १७ गतेसम्म हुने महोत्सवमा विभिन्न देशका २२ नाटक, विभिन्न तालिम, सेमिनार, कार्यशाला, अन्तक्र्रिया, कला प्रस्तुतिहरु हुनेछन् ।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूहहरु सहभागी हुनेछन् । भारतबाट सुप्रशिद्ध अभिनेत्री शबाना आजमीलगायतले महोत्सवमा सहभागिता जनाउँदैछन् ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया