अर्को चुनावमा उम्मेदवार बन्ने घोषणा गर्दै राजेश हमालले गरे मतदान

काठमाडौँ - अभिनेता राजेश हमालले मतदान गरेका छन् । उनले लैनचौरमा रहेको जननाथ स्मृति मावीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनले चुनावपछि पत्रकारलाई प्रतिक्रिया दिँदै आउँदो चुनावसम्म आफू पनि राजनीतिमा लाग्ने संकेत गरे ।
उनले आउँदो निर्वाचनमा मलाई पनि उम्मेदवारको रुपमा देख्न पाउनुहुनेछ भन्दै राजनीतिमा लाग्ने संकेत गरेका हुन् ।राजेश हमाललाई देशकै तीन ठूला पार्टीले आफ्नो पार्टीमा भित्र्याउने प्रयास गर्दै आएका छन् । एमाले सरकारमा रहेका बेला प्रधानमन्त्री केपी ओलीले उनलाई भारत भ्रमणमा लगेका थिए ।
स्थानीय निकायको चुनावअघि राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेपछि उनले राजनीतिका लागि माओवादी चुन्न लागेको खबर सार्वजनिक भएका थिए । तर हमालले अध्यक्ष प्रचण्डसँगको भेट राजनीतिका लागि नभई शिष्टाचारका लागि भएको बताएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया