धनुषामा ६२ प्रतिशत मत खस्याे

जनकपुरधाम- धनुषामा ६२ प्रतिशत मत खसेको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा ६२ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर ६२ प्रतिशतसम्म मतदान भएको जानकारी दिएका छन् । ‘जिल्लाभरिमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भएको छ,’ उनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा बनाएका थियौं । मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएकोले अब केहीबेरपछि ढुवानी गरिने भएको छ ।’
जिल्लाको ३२२ मतदानस्थलका ६०५ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो । गत २०७४ निर्वाचनमा धनुषामा ७० प्रतिशत मत खसेको थियो । यस वर्ष मतदान कम हुँदा मतदाताको मतदानप्रति उत्साह नदेखिएको बुझाई छ ।
यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन् । जिल्लामा अतिसंवेदनशील १९४, संवेदनशील १११ र १७ वटा सामान्य मतदानस्थल रहेका छन् ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया