यस्तो छ कास्की- २ मा पछिल्लो अपडेट

पोखरा- कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनमा ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय ६२ मत प्राप्त गरेका छन् ।
त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय १० मत र राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ ।
त्यसैगरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि हलोले अग्रता लिएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उमेद्वार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । ५ सय ४१ मत गणना हुदाँ १ सय ९९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका भिम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४९ हजार ५ सय ९६ मत खसेको थियो ।
कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना सोमबार बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

७ सय फरार प्रतिवादी पक्राउको सूचीमा

तनहुँमा सम्झौता म्याद अगावै कालोपत्र सकियो

खोल्साको टिम्मुरबाट आम्दानी

‘एक घर, एक धारा’ बनेपछि स्थानीय हर्षित

नयाँ पुस्ताले चासो नदिँदा भेडापालन सङ्कटमा

ऐनापहरामा ‘स्काइवाक’ निर्माण गरिने

प्रतिक्रिया