प्रदेश-२को राजधानी बहस : जनकपुरधाम कि वीरगंज ?

जनकपुरधाम : प्रदेश–२को स्थायी राजधानीको प्रस्तावित नाममा छलफल भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा विभिन्न राजनीतिक दलले दर्ता गराएको प्रस्तावमा प्रदेश सभा सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् ।
प्रदेशको राजधानी जनकपुरधाम र वीरगंज गरी २ वटा प्रस्ताव भएका छन् । यसमा प्रदेश सभा सदस्यले आआफ्नो पक्षमा विमर्श गरेका हुन् । जनकपुरधाम राजधानी हुनुपर्नेमा चमेली देवी दास, डा.रिना यादव, किशोरी साह कमल, दिलिप कुमार साह, सुरिता साह, शारदा देवी थापा, शत्रुध्न महतोले आफ्ना धारणा राखेका हुन् । त्यस्तै वीरगंजको पक्षमा करिमा बेगम, सिगाहसन कलावर र राजेश्वर प्रसाद साहले आफ्ना धारणा राखेका थिए ।
जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्ताव गर्ने सांसदहरू ऐतिहासिक नगर र प्रदेशको मिड प्वाइन्टमा रहेको तर्क राखेका थिए । त्यस्तै वीरगंजको पक्षमा बहस गर्ने सदस्यहरूले आर्थिक रुपले सम्पन्न भएकाले यही सहरलाई राजधानी बनाउनुपर्ने बताएका थिए । राजधानी जनकपुरधामको पक्षमा सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालको तर्फबाट परमेश्वर साह, नेकपा माओवादीको तर्फबाट भरतप्रसाद साह, एमालेको तर्फबाट रविन्द्र बैठा, कांग्रेसको तर्फबाट उपेन्द्र कुशवाहा र एमालेबाट बागी भएकी शारदा देवी थापाले प्रस्ताव दर्ता गराएका छन् ।
त्यस्तै वीरगंजको पक्षमा कांग्रेसका राजेश्वर प्रसाद साह र सत्तारुढ दल जसपाबाट सिंगाहसन प्रसाद कलवारले प्रस्ताव दर्ता गराएका छन् । प्रदेश २ को नामको लागि ६ वटा प्रस्ताव दर्ता भएको छन् । नामका लागि मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, जानकी प्रदेश र मध्य मधेश प्रदेश दर्ता भएको हो । सत्तारुढ दल जनता सामाजवादी पार्टी (जसपा) को तर्फबाट पार्टीका सचेतक शैलेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रका दलका नेता भरत प्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमालेका प्रमोद कुमार यादवले जानकी, एमालेकै शारदा देवी थापाले जनक प्रदेश, नेपाली कांग्रेसका शिवचन्द्र चोधरीले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेसकै सांसद राजेश्वर प्रसाद साहले मध्यमधेश प्रदेश प्रस्ताव दर्ता गराएका छन् । बैशाख १२ गते ११ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेशको नामबारे प्रस्तावित नाममा छलफल हुने भएको छ ।

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

गाउँपालिकाका पूर्वअध्यक्ष साहसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी
_yVKO7sTRBR_2y1nd52rp5bcm7hhbeonry61hp0rv9gkbvesz24shfpmthiufbvqyhqfqpec_QAjoWSDEgm_citx0lz2k0yc7nrjpunggwodsovi6rissys6pyw6elowdizvkbe6q3whiirc.jpg)
गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्याउन थालियो
पाँच वर्षपछि सकियो खानेपानी आयोजना

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

प्रतिक्रिया