सीमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप

काठमाडौं : सरकारले कोभिड-१९ को महामारी रोकथामका लागि सीमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्याएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सीमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरिएको जानकारी दिए ।
सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमा नाकामा प्रतिबन्ध लगाएको थियो । कोभिड महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो ।
बैठकले कोभिड परीक्षणसहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा निःशुल्क गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए । यस्तै बैठकले मन्त्रीपरिषद्का सबै सदस्यको यस वर्षको चैत मसान्तसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी कोभिडविरुध्दको खोप यथाशक्य छिटो ल्याउन अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित टोली गठन गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह बमोजिम बंगलादेशले पैँचोमा युरिया मल दिन नमिल्ने बताएपछि मल किन्ने निर्णय गरेको छ भने नेपालमा नै रसायनिक मल कारखाना खोल्न समिति गठन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । साथै पुस्तक आयातमा लाग्दै आएको विवादास्पद भन्सार महशुल खारेज गर्ने निर्णय समेत गरेको छ ।
बैठकले सार्वजनिक खर्चमा मितव्यतिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै देशका बिभिन्न स्थालाई औधोगिक ग्राम घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । त्यस्तै किजापूजाको अवसरमा मंसिर दुई गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरी खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

आज राष्ट्रियसभाको बैठक बस्दै

संसदीय समितिमा भन्सार विधेयकबारेमा छलफल हुने

प्रतिक्रिया