देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

काठमाडौं - सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ ।
प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् । तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षका निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भइसकेको छैन ।
मतपेटिका संकलन कार्य जारी रहेको भन्दै डडेल्धुरामा सोमबार दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार छन् । उनीसँग कांग्रेस बीपीका कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रतिस्पर्धामा छन् ।
एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पनि मतगणना सुरु नै हुन सकेको छैन । सो क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठकसमेत बस्न सकेको छैन । झापा ५ कांग्रेसका डा.खगेन्द्र पाण्डव अधिकारी, स्वतन्त्र उम्मेदवार युग पाठक प्रतिस्पर्धामा छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा २ मा भने लफडा सुरु भएको छ । एमालेले धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन उजुरी दिएकाले त्यहाँ गणना हुन नसकेको हो । गोरखा २ मा एमालेबाट अब्दुस मिया उम्मेदवार छन् ।
माधवकुमार नेपालको निर्वाचन क्षेत्र रौतहट १ मा पनि मतगणना सुरु भएको छैन । दिउँसोबाट सुरु हुने गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी छ । नेपाललाई एमाले उम्मेदवार अजय गुप्ताले टक्कर दिएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी २ मा भने मतगणना सुरु भएको छ । अहिलेसम्म सो क्षेत्रमा जनमत पार्टीका सीके राउतले अग्रता हासिल गरेका छन् ।

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल

गृहमन्त्रीको राजीनामा मागेर संसद अवरोध गर्नु लोकतन्त्र विपरीत होः प्रधानमन्त्री …

गृह मन्त्रालय र यातायात व्यवासयीबीच वार्ता समिति गठन गर्ने सहमति

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

एमालेको 'झोले अभियान'

बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद : कम…

प्रतिक्रिया