एउटा मतपत्र अर्को बाकसमा परेको भन्दै मोरङमा एकैपटक गणना गर्ने तयारी

विराटनगर - मतदानको समयमा प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र एक अर्को मतपेटिकामा परेपछि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फको मतगणना एकैपटक हुने भएको छ । सोमबार बिहान बसेको मोरङ क्षेत्र नम्बर ४, ५ र ६ को संयुक्त सर्वदलीय बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना गर्दा प्रतिनिधिसभाकै समानुपातिक र प्रदेशसभा क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फको पनि मतगणना गर्ने निर्णय भएको जनाइएको छ ।
निर्वाचन आयोगले देशैभरी एउटाको मतपत्र अर्को मतपेटिकामा परेको रिपोर्ट आएको भन्दै आइतबार सबै निर्वाचन अधिकृतको कार्यालयलाई एक क्षेत्रको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकतर्फको पनि मतगणना गर्न निर्देशन दिएको थियो । सर्वदलीय बैठकले समेत आयोगको उक्त निर्देशन बमोजिम निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
त्यसको मतपत्र समानुपातिकको मतपेटिका, प्रदेशसभाको मतपेटिका पनि मतपत्र परेको हुनेसक्ने बिषयलाई आधार मानेर एकैपटक गणना गर्ने तयारी गरेको हो । एकैपटक मतगणना गर्नुपर्ने भएकोले त्यसको व्यवस्थापनका लागि समय लागेर १ बजेदेखि मतगणना गर्नुपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनले सर्वदलीय बैठकमा समेत त्यस विषयमा सहमति भएको बताए । यसअघि मोरङको क्षेत्र नम्बर ४, ५ र ६ को मतगणनाका लागि तीन तीनवटा गणनास्थल निर्माण गरिएकोमा एकैपटक प्रतिनिधिसभा, प्रदेशसभा र त्यसको समानुपातिकतर्फको पनि मतगणना गर्नुपर्ने भएकोले ४ ठाउँमा गणना गरिने उनले जानकारी दिए ।

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल

गृहमन्त्रीको राजीनामा मागेर संसद अवरोध गर्नु लोकतन्त्र विपरीत होः प्रधानमन्त्री …

गृह मन्त्रालय र यातायात व्यवासयीबीच वार्ता समिति गठन गर्ने सहमति

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

एमालेको 'झोले अभियान'

बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद : कम…

प्रतिक्रिया