सगरमाथा बेसक्याम्पमा देखिएको कोभिड-१९ को खतरा

काठमाडौँ : सगरमाथा आरोहण गर्न चीनले आफ्नो तर्फको बाटो खुला गरेको छैन । नेपालतर्फ भने सगरमाथा आरोहण खुला छ । कोभिड-१९ महामारीबीच नेपालले सगरमाथा आरोहण खुला गर्ने निर्णय विवादित बनेको थियो ।
अहिले फेरि नेपालको त्यो निर्णय विवादमा तानिने निश्चित भएको छ । कारण हाे विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न बेस क्याम्प पुगेका एक विदेशीलाई कोभिड-१९ संक्रमण । नर्वेका एरलेन्ड नेसलाई कोभिड-१९ पोजिटिभ देखिएका हो । उनको उपचार काठमाडौँमा भइरहेको छ ।
नेसलाई सुरुमा ‘एल्टिट्युड सिक्नेस’ भएको अनुमान गरियो । र, हेलिकप्टरबाट काठमाडौँ ल्याइयो । जहाँ उनी कोभिड-१९ को संक्रमित भएको पुष्टि भयो । चीनतर्फको बाटो बन्द रहेको बेला नेपाल पुगेका विदेशी आरोहीहरूले चर्को मूल्य तिर्नुपरिरहेको छ । त्यसै समूहका नेस मात्र होइन, उनलाई आरोहणमा सघाइरहेका शेर्पाहरुको समूह पनि कोभिड-१९ संक्रमणको आशंका गरिएको छ ।
‘हिमालमा रहेका अन्य कोही पनि संक्रमणमा नपरुन भन्ने कामना गर्छु । किनभने आठ हजार मिटर अग्लो हिमालबाट आरोहीलाई उद्दार गर्न सम्भव छैन,’ नर्वेको एनआरके टेलिभिजनसँग कुरा गर्दै नेसले भनेका छन्, ‘त्यो उचाईमा त्यसै पनि श्वास प्रश्वासमा अफठ्यारो हुन्छ । झन् कोभिड-१९ को संक्रमण फैलियो भने त त्यहाँको अवस्था भयाभव हुन्छ ।'
नेसले नेपाल उड्नुअघि नर्वेमा कोभिड-१९ टेस्ट गराएका थिए । काठमाडौँमा क्वारन्टिनमा रहँदा पनि टेस्ट गरे । दुवै टेस्टमा उनी संक्रमणमुक्त रहेको देखाएको थियो । त्यसपछि उनी बेसक्याम्पतर्फ हानिएका थिए । ‘हाम्रो योजना समय खेर नफाल्ने थियो । हामी संक्रमणमा नपरी चाँडो भन्दा चाँडो आरोहण सुरु गर्न चाहन्थ्यौँ । तर म संक्रमणमा परिहालेँ । सायद मैले आवश्यकीय सावधानी अपनाइन,’ नेसले भनेका छन् ।
पश्चिमा मुलुकमा रहेका धेरै ट्राभल एजेन्सीले कोभिड-१९ लाई कारण देखाउँदै सगरमाथा आरोहणको प्याकेज बनाएनन् । तर नेपाली कम्पनीहरुले भने कोभिड-१९ बाट उत्पन्न हुने सम्भावित खतरालाई वास्ता गरेनन् ।
नेपाल सरकारले विदेशी आरोहीहरुलाई अनिवार्य क्वारन्टिनको नियम लगाएको छ । तर त्यसले कोभिड-१९ को खतरालाई नटार्ने सरोकारवालाहरुले बताइरहेका छन् । कोभिड-१९ र ‘एल्टिट्युड सिक्नेस’ को लक्षण उस्तै देखिने भएकाले भ्रम पैदा हुन सक्छ । जसरी नेसलाई सुरुमा ‘एल्टिट्युड सिक्नेस’ भएको बताइयो, त्यसरी नै अन्य आरोहीको अवस्थालाई पनि व्याख्या गरिने सम्भावना रहन्छ । आरोहण सम्बन्धि अभिलेख राख्ने एलन आर्नेटेले पनि गत साता सगरमाथा बेसक्याम्पमा बढिरहेको भिडँभाड प्रति चिन्ता जाहेर गरेका थिए ।
सगरमाथा बेसक्याम्पमा फेला परेका पहिलो संक्रमितबारेमा लेखेको आटसाइड म्यागजिनले हिमालया रेस्क्यू एसोसियनकी संगिता पौडेलसँग अन्तवार्ता गरेको थियो । पौडेलले उक्त अन्तवार्तामा कोभिड-१९ ले पैदा गरेको डरलाई केही वर्षअघि आएको भूकम्पसँग तुलना गरेकी थिइन् । नेपालले सन् २०२१ मा सगरमाथा ओरोहणका लागि ३७७ परमिट जारी गरेको छ । र, यो संख्या अझैँ बढ्ने अनुमान गरिएको छ । सन् २०१९ मा ३८१ परमिट जारी गरिएको थियो । दी गार्डियनले समाचार लेखेको छ ।

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_YyFZSnuApH_qjz3uederbdyfvbm2aoozmleczrovybzglwcjjzgwa847zldppav2zdse5by.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

प्रतिक्रिया