पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु

पर्सा- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हिजो भएको मतदानको नतिजा प्राप्त गर्न आज अपराह्न १ बजेपछि मतको गणना कार्य सुरु गरिएको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना केन्द्रमा क्षेत्र नं १ र २ को मतगणना सुरु भएको हो ।
पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा ‘१’ का लागि वीरगञ्ज महनागरपालिकाको–१६ को नगवा र ‘२’ का लागि वडा नं ३२ को चोर्नी गाउँको बुथको मत गणना भइरहेको पर्साका मुख्य निर्वाचन अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिए ।
त्यसै क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभाको ‘१’ का लागि पर्सागढी नगरपालिका–१ र २ को मतगणना भइरहेको छ भने ‘२’ का लागि बहुदरमाई नगरपालिका–२ को मत गन्ती भइरहेको छ । ठाकुराम केन्द्रमा हाल क्षेत्र नं १ का लागि तीन स्थानमा र २ का लागि तीन स्थानमा मतगन्ती भइरहेको छ । यसलाई बिस्तारै बढाउँदै लैजाने मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।
उनले पर्साको निर्वाचन क्षेत्र नं ३ र ४ का लागि पोखरिया नगरपालिकाको जिल्ला उचाङ्गल रामदेव दास उच्च माविको मतगणना केन्द्रमा हालसम्म गन्तीको काम सुरु हुन नसकेको बताए । दलका प्रतिनिधिको परिचयपत्र बनाउन समय लागेकाले हालसम्म गणना सुरु हुन नसेकेको पोखरेलको भनाइ छ ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया