प्रारम्भिक मतगणनामा एमाले १७ स्थानसहित पहिलो

काठमाडौं- प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेले १७ स्थानमा अग्रता लिइरहेको छ । यसअघि संसद्मा रहेका तीन पार्टीले अझै अग्रता लिन सकेको देखिएको छैन ।
नयाँ तीन पार्टीले भने प्रारम्भिक मतगणनामा अग्रता लिइरहेका छन् ।
सत्तारूढ गठबन्धनका नेपाली कांग्रेसले १५ र १ स्थानमा जित हासिल गरेकाे छ । यस्तै नेकपा एसले ३, नेकपा माओवादी केन्द्रले २ र तमलोपाले १ स्थानमा अग्रता लिइरहेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा अग्रता लिँदा नयाँ पार्टीहरू जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ स्थानमा अग्रता लिइरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा अग्रता लिँदा यसअघिका प्रतिनिधिसभामा रहेका मधेस केन्द्रित दल जनता समाजवादी पार्टी, नेमकिपा र राष्ट्रिय जनता पार्टीले अहिलेसम्म अग्रता लिएको देखिएको छैन ।

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

प्रतिक्रिया