दाङ निर्वाचन क्षेत्र न १ र २ मा गठबन्धनको अग्रता

देउखुरी- दाङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तीन सय मत गन्दा गठबन्धनका उम्मेदवार मेटमणि चौधरीले एक सय २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीले ६९ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ मत प्राप्त गरेको प्रदेश १ निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा दाङ क्षेत्र नं २ को दिउँसो ४ बजेसम्मको दुई हजार सात सय ८० मतगणना गर्दा सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले एक हजार चार सय ५० मतसहित अग्रता लिएकी छिन् । उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार एवं महासचिव शङ्कर पोखरेलले आठ सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले दुई सय ८१ मत प्राप्त गरेका छन् ।
अहिले घोराही उपमहानगरपालिका– १५ र १९ तथा बङ्गलाचुली गाउँपालिका–२, ५ र ८ बाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

प्रतिक्रिया