फिफा विश्वकप २०२२ : वेल्स र अमेरिकाले खेले बराबरी

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेलेका छन् । अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगियो ।
खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
अमेरिकाका वाल्कर जिमरम्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो ।
यस बराबरीसँगै वेल्स र अमेरिकाले एक एक अंक पाएका छन् ।
समूह 'बी' मा रहेको वेल्स १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
अमेरिका १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मेसी र मोड्रिकलाई अन्तिम अवसर

अर्जेन्टिनाविरुद्ध बदला लिने नेदरल्यान्ड्सको दाउ
ब्राजिललाई क्रोएसियाको चुनौती

रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता

कतार फिफा विश्वकप २०२२ : जापान र क्रोएसिया भिड्दै

‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा कांग्रेसका खाँ विजयी

प्रतिक्रिया