सुर्खेतको सिम्तामा पुनःमतदान जारी

कर्णाली- मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ ।
सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटीका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदान स्थलका तीनवटा केन्द्रको मतदान आइतबार रद्द गरिएको थियो ।
स्थगित मतदान केन्द्रको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । अहिलेसम्म दुई सय ५० मत खसेको मतदान अधिकृत पौडेलले बताए । उनका अनुसार उक्त मतदान स्थलका तीन मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता सङ्ख्या रहेको छ ।

प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

धरानबासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री ओली

‘सगरमाथा संवाद विश्वव्यापी पहल हो’

मुलुकमा जटिल अवस्था आएपछि मुख्य प्रतिस्पर्धी दल एकै ठाउँमा आयौँः प्रधानमन्त्री ओ…

मुलुकमा जटिल अवस्था आएपछि मुख्य प्रतिस्पर्धी दल एकै ठाउँमा आयौँः प्रधानमन्त्री ओ…

संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी ह…

शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग

प्रतिक्रिया