मोरङ : १ र २ एमाले, ३ र ६ कांग्रेस, ४ मा माओवादी र ५ मा स्वतन्त्रकाे अग्रता

विराटनगर- मोरङका ६ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार मोरङका दुईवटा निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारलाई पछि पार्दै अग्रता कायम गरेका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले पनि दुईवटा निर्वाचन क्षेत्रमा अन्तर बढाउँदै लगेको छ । दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।
क्षेत्र नम्बर ४ मा मात्रै माओवादी केन्द्र अगाडि छ । गठबन्धनबाट मोरङमा दुईवटा सिट पाएको माओवादी केन्द्रका उम्मेदवार क्षेत्र नम्बर ५ मा तेस्रो स्थानमा छन् । क्षेत्र नं. ५ मा एमाले–जसपा तालमेलका विरुद्ध बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता बढाउँदै लगेका छन् ।
मोरङ १ र २ मा नेकपा एमालेका घनश्याम खतिवडा र ऋषिकेश पोखरेल अगाडि छन् । १ मा खतिवडालाई कांग्रेसका डिकबहादुर लिम्बुले पछ्याइरहेका छन् । क्षेत्र नं. २ मा एमालेका पोखरेललाई कांग्रेसकी सुजता कोइरालाले पछ्याइरहेकी छन् ।
क्षेत्र नं. ३ मा कांग्रेसका सुनिल शर्माले नेकपा एमालेका भानुभक्त ढकाललाई उछिनेर अघि बढेका छन् । त्यहाँ राप्रपाकी रेखा थापा तेस्रो मत लिएर अघि बढ्दैछिन् ।
क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले नेकपा एमालेका विनोद ढकालसँगको अन्तर फराकिलो पार्दै लगेका छन् ।
क्षेत्र नं. ५ मा एमालेका बागी उम्मेदवार मण्डलसँग एमाले–जसपाका उम्मेदवार राजकुमार यादव पछि पर्दै गएका छन् । सुरुवाती गणनामा दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका शिवकुमार मण्डल अहिले तेस्रो स्थानमा पुगेका छन् ।
मोरङ ६ मा नेपाली कांग्रेसका डा.शेखर कोइराला अगाडि छन् । उनलाई नेकपा एमालेका लालबाबु पण्डीतले पछ्याइरहेका छन् ।
यस्तो मतगणनाको विवरण
मोरङ–१
घनश्याम खतिवडा (एमाले)– २२४९
डिकबहादुर लिम्बु (कांग्रेस)– १६०३
मोरङ–२
ऋषिकेश पोखरेल (एमाले)– २७००
सुजता कोइराला (कांग्रेस)– २३२८
मोरङ–३
सुनिल शर्मा (कांग्रेस)– १८८७
भानुभक्त ढकाल (एमाले)– ८७८
मोरङ–४
अमनलाल मोदी (माओवादी केन्द्र)– ५७९२
विनोद ढकाल (एमाले)– ४१४९
मोरङ–५
योगेन्द्र मण्डल (स्वतन्त्र)– ३६९३
राजकुमार यादव (जसपा)– ३२९४
मोरङ–६
डा.शेखर कोइराला (कांग्रेस)– १७७७
लालबाबु पण्डीत (एमाले)– १६३२

प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

धरानबासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री ओली

‘सगरमाथा संवाद विश्वव्यापी पहल हो’

मुलुकमा जटिल अवस्था आएपछि मुख्य प्रतिस्पर्धी दल एकै ठाउँमा आयौँः प्रधानमन्त्री ओ…

मुलुकमा जटिल अवस्था आएपछि मुख्य प्रतिस्पर्धी दल एकै ठाउँमा आयौँः प्रधानमन्त्री ओ…

संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी ह…

शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग

प्रतिक्रिया