काभ्रे क्षेत्र नं १ को मतगणना सुरु

काभ्रे- काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ र त्यस अन्तर्गतका प्रदेशसभा ‘क’ र ‘ख’ को प्रत्यक्षतर्फको मतगणना आज सुरु गरिएको छ ।
भौगोलिक विकटताका कारण सोमबार दिउँसो मात्रै पनौतीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुगेपछि बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको मतगणना सँगसँगै गर्ने निर्णय भएपछि मतगणनाका लागि आवश्यक स्थल निर्माण गरेर मतगणना सुरु गर्दा ढिलाइ भएको निर्वाचन कार्यालयले जनाएको छ ।
पनौती नगरपालिकाको कार्यालयको सभाकक्षमा आज बिहान ९ बजेदेखि मतगणना सुरु भएको क्षेत्र नं १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले बताए । उनका अनुसार अहिले प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ को खानीखोला गाउँपालिका–६ बाट मतगणना सुरु गरिएको छ ।
त्यस्तै प्रदेशसभा सदस्यका लागि १ (क) को नमोबुद्ध नगरपालिका–५ बाट मत गणना सुरु गरिएको छ भने प्रदेशसभा सदस्य (ख) का लागि खानीखोला गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया