मोरङ–२ मा अग्रता बढाउँदै एमाले

सुन्दरहरैँचा- माेरङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलको अग्रता रहेको छ । नेपाली कांग्रेस नेत्री सुजाता कोइरालालाई पछि पार्दै पोखरेल अगाडि बढेका हुन् ।
दुई हजार आठ सय १८ मतगणना हुँदा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले एक हजार चार सय सात मत प्राप्त गरेका छन् ।
कोइरालाले नौ सय ८३ मत प्राप्त गरेका छन् । पोखरेल र कोइरालाको मतान्तर चार सय २४ रहेको छ । मोरङ क्षेत्र नं २ मा ६४ दशमलव २४ प्रतिशत मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा एक लाख २४ हजार सात सय २९ मतदातामध्ये ८० हजार एक सय २७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
यस निर्वाचन क्षेत्रमा पोखरेल र कोइरालाबीच मुख्य प्रतिस्पर्धा रहेको छ । मोरङ क्षेत्र नं २ को मतगणना अहिले विश्वनाथ मन्दिर रतुवामाईमा जारी रहेको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया