सर्लाही-२ मा राजेन्द्र महतोलाई उन्छिदै महेन्द्रराय
सर्लाही- सर्लाही–२ मतगणना जारी रहँदा गठबन्धनबाट मित्रवत् प्रतिस्पर्धा गरिरहेका महेन्द्रराय यादवले प्रतिनिधिसभातर्फका अग्रता कायम राखेका छन् ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता यादवले मतान्तर बढाउँदै उनीसँग प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पछि पारेका छन् ।
निवर्तमान सांसद रायलाई सत्तारूढ गठबन्धनले आफ्नो आधिकारिक उम्मेदवार बताएको छ। यसअघि महतोले धनुषा–३ मा नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई हराउँदै प्रतिनिधिसभामा आएका थिए । उनले यसपटक निर्वाचन क्षेत्र फेरेर गृह नगर सर्लाही आएका हुन् ।
हालसम्मको गणना भएको मतपरिणाम अनुसार रायले १८२५ मत ल्याएका छन् भने लोसपाका महतोले १३३१ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमालेका राजनारायण साहले ८८६ मत ल्याएका छन्।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया