प्रतिनिधि र प्रदेश सभाको मतपत्र एकै ठाउँमा भेटिएपछि कास्की १ को मतगणना रोकियो

पोखरा- कास्की निर्वाचन क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । प्रतिनिधि सभातर्फको मतपेटिकामा प्रदेश सभातर्फको ९९ मत भेटिएपछि रोकिएको हो ।
मतगणनाका क्रममा प्रतिनिधि सभातर्फको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि दलहरूबीच विवाद सिर्जना भएको हो । कर्मचारीले लापरबाही गर्दै प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको दिएको दलहरूले जनाएका छन् ।
कास्की–१ मा नेपाली कांग्रेसका किशोरदत्त बराल र नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका गुरुङले अग्रता बनाइरहेका छन् ।
त्यस्तै सोही क्षेत्रमा प्रतिनिधि सभातर्फ उक्त केन्द्रमा १ हजार ४८ मत खसेकोमा १ हजार ४७ मत भेटिएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया