२४ घण्टामा बाँके र रुपन्देहीका ६ जना कोभिड संक्रमितको मृत्यु

बुटवल : पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । जसमा चार जना बाँकेका रहेका छन् भने दुई जना रुपन्देहीका हुन् । बाँकेको भेरी अस्पताल नेपालगन्जमा उपचाररत ६१ र ७५ वर्षीय महिला तथा ८६ र ३५ बर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । उनीहरू चारैजना नेपालगञ्जकै भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।
उनीहरूको मृत्युसँगै बाँकेमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ । मृतकहरूको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको व्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।
यता रुपन्देहीको बुटवल उपमहानगरपालिका-१३ का ३६ वर्षीय कोऐीड संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । चैत ३० गते कोभिड संक्रमण पुष्टि भएका पुरुष वैशाख ३ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल भर्ना भएका थिए ।
उनको उपचारका क्रममा राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । यस्तै रुपन्देहीको मंगलापुर घर भएका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको बुटवलको मेडिटेक अस्पतालबाट रिफरगरि चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव पनि व्यवस्थापनका लागि नेपाली सेनाले जिम्मा लिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया