साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बाेहराकाे अग्रता

भैरहवा- रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बाेहराकाे अग्रता कायम रहेकाे छ ।
१४ हजार सात सय ५५ मत गणना हुँदा बाेहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।
उनकाे निकटम् प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले चार हजार नाै सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेकाे क्षेत्र कांग्रेसकाे पकड मानिएकाे मायादेवी ७ र ८, तिलाेत्तमा १४, ओमसतिया २ मा पनि बाेहराले अग्रता कायम गरेका छन् ।
यसैगरि सियारी १ काे पनि मतगणना सकिएकाे छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकाेमा खाणकाे पक्षमा १९४१ र हलाेलाई १४३६ मत प्राप्त भएकाे थियाे ।
यता तिलत्ताेमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलाेमा १९३४ मत आएकाे छ । यसैगरि, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलाेमा २२८६ मत प्राप्त भएकाे छ ।
यसरी अहिले दिउँसाे ४ बजे सम्मकाे मतगणना सकिँदा बाेहरा ७४७ मतले खाणभन्दा अगाडि रहेका छन् । याेबीचमा एक हजार १४ मत बदर भएकाे छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री बाेहरालाई एमाले र जसपाकाे समर्थन रहेकाे छ ।
यता, गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमाेलगायतले समर्थन गरेका छन् ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया