मोरङ- ३ मा कांग्रेसका शर्मा अगाडि, राप्रपाकी रेखाकाे स्थान कहाँ ?

मोरङ- मोरङ क्षेत्र नं ३ मा हाल पाँच ठाउँ मतगणना हुँदैछ । प्रतिनिधिसभाको समानुपातिक एक ठाउँ र प्रदेशसभाको अर्को ठाउँमा मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले जानकारी दिए। यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा डा सुनील शर्माको अग्रता कायमै छ ।
प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धनतर्फका नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले) का पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत पाएका छन् छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रेखा थापाले नौ सय छ मत प्राप्त गरेकी छन् ।
जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ खसेको छ । मोरङ क्षेत्र नं ३ मा पथरी शनिश्चरे नगरपालिकाको आठ, बेलबारी नगरपालिकाको आठ, सुन्दरहरैचा नगरपालिकाको छ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् । प्रतिनिधिसभामा ३१ जनाको उम्मेदवारी रहेको मोरङ–३ मा एमालेबाट ढकाल, सत्ता गठबन्धनबाट नेपाली काग्रेसका शर्मा र राप्रपाकी नेत्री तथा नायिका थापाबीच मुख्य प्रतिस्पर्धा रहेको छ । त्यस्तै मोरङ–३ (१) मा मानबहादुर लिम्बुको अग्रता कायमै रहेको छ ।
प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका लिम्बुले चार हजार आठ सय १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमालेका दिलीपकुमार राईले चार हजार तीन सय आठ मत पाएका छन् भने राप्रपाका तीर्थबहादुर गुरुङले एक सय १० मत प्राप्त गरेका छन् । मोरङ–३ (२) मा सत्ता गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमार श्रेष्ठ र एमालेका ज्ञानेन्द्र सुवेदीबीच प्रतिस्पर्धा हुँदैछ ।सुवेदी बेलबारी नगरपालिकाका पूर्वनगरप्रमुख र राई पथरी शनिश्चरे नगरपालिका पूर्वनगरप्रमुख हुन्।

एमाले कर्णाली प्रदेश कमिटीको अभियानः सङ्गठन चलाउन ‘थैली अभियान’

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल

गृहमन्त्रीको राजीनामा मागेर संसद अवरोध गर्नु लोकतन्त्र विपरीत होः प्रधानमन्त्री …

गृह मन्त्रालय र यातायात व्यवासयीबीच वार्ता समिति गठन गर्ने सहमति

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

एमालेको 'झोले अभियान'

प्रतिक्रिया