रुकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्ती अग्र स्थानमा

टवल - रुकुम पूर्वमा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्णबहादुर घर्ती तीन हजार ७ सय ४९ मतसहित अग्र स्थानमा छ्न् । अहिलेसम्म ९ हजार तीन सय १५ मत गणना भैसकेको छ । उक्त मत गणना सकिँदासम्म नेकपा एमालेका कैलाश कुमार मल्लले दुई हजार दुई सय ९ मत ल्याएका छन् ।
उनी घर्तीका निकटतम् प्रतिस्पर्धी हुन् । घर्तीले मतगणना सुरु हुँदादेखि नै आफ्नो मतान्तर बढाउदै लगेका छन् ।
अहिलेसम्म निर्वाचन क्षेत्र नम्बर (१) को १९ वडामध्ये १७ वडाको मतगणना सकिएको छ । अहिले भुमे गाउँपालिका ६ को नाखे र ७ नम्बर वडाको मतगणना चलिरहेको छ । प्रतिनिधि सभातर्फ अझै ११ हजार बढी मतगणना गर्न बाँकी छ ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया