एमालेको स्थायी समितिमा एकजना पनि महिला परेनन्
यो भद्र र महापुरुषहरूको निर्णय हो- विन्दा पाण्डे

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा शुक्रबार गठन गरेको पार्टीको नयाँ स्थायी समितिमा एकजना पनि महिलालाई स्थान दिएका छैनन् । १९ सदस्यीय स्थायी समितिमा ३३ प्रतिशत महिला हुनुपर्नेमा एक जना पनि महिलालाई ठाउँ नदिएपछि उनको चर्को आलोचना भइरहेको छ ।
संविधानले नै राज्यका हरेक संरचनामा महिलाको सहभागिता सुनिश्चित गरेको भएपनि सत्तारुढ दलका शक्तिशाली प्रधानमन्त्री ओलीले त्यसलाई लत्याएका छन् । एमालेको स्थायी समितिमा एकजना पनि महिला अटाएनन् नि भन्ने प्रश्नमा लामो समयदेखि एमालेमा रहेर राजनीति गरिरहेकी नेतृ विन्दा पाण्डे भन्छिन्, ‘यो प्रश्न मलाई भन्दा पनि कार्यदलमा रहेका भद्र पुरुष र अन्तिम निर्णय लिने महापुरुषहरूसँग गर्नु राम्रो हुन्छ ।’
यसअघि पनि पार्टीका संरचनामा ३३ प्रतिशत महिला सहभागिता नपुगेको भनेर आलोचना भएपछि प्रधानमन्त्री ओलीले गैर–सरकारी संस्थाहरूको उक्साहटमा लागेर ‘ट्याउँ–ट्याउँ’ नगर्न महिला नेतृहरूलाई सचेत गराएका थिए ।
प्रधानमन्त्री ओलीले स्थायी समितिमा आफूसहित वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कडेंल र मणि थापालाई राखेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया